काठमाडौं, १३ साउन । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा एक वर्षे शिशुदेखि ५२ वर्षे महिला सम्म छन्।
प्रहरीका अनुसार हराइरहेका सबैजना उर्मिला हायुको परिवारका सदस्य हुन्। गोलन्जोर–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार आइतबार रातिदेखि उनीहरू सम्पर्कविहीन भएका हुन्। वडाध्यक्ष श्रेष्ठले बताएअनुसार ती परिवारका सदस्यहरु सीमान्तकृत समुदायअन्तर्गत पर्छन् र सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएपछि बेपत्ता भएका हुन्।
बेपत्ता परिवार सदस्यहरूको विवरण यसप्रकार छ:
१) उर्मिला हायु, ५२ वर्ष – आमा
२) कमला हायु, २७ वर्ष – छोरी
३) कोमल माया हायु, २३ वर्ष – बुहारी
४) उषा हायु, २२ वर्ष – छोरी
५) सुजता हायु, १९ वर्ष – छोरी
६) अस्मिता हायु, १८ वर्ष – छोरी
७) सान्ता हायु, १२ वर्ष – छोरी
८) राजु हायु, २९ वर्ष – छोरा
९) हिमाल हायु, २४ वर्ष – छोरा
१०) लाल बहादुर हायु, १६ वर्ष – छोरा
११) बेग बहादुर हायु, १४ वर्ष – छोरा
१२) लक्की हायु, ११ वर्ष – छोरा
१३) सुवर्ण हायु, १२ वर्ष – छोरा
१४) ओम कुमारी हायु, १० वर्ष – छोरी
१५) अर्जुन हायु, १ वर्ष – नाती
१६) रियासा हायु, ४ वर्ष – नातिनी
हाल उनीहरूको अवस्था र बसाइको पुष्टि हुन सकेको छैन।
प्रहरी र स्थानीय प्रशासनले खोजी कार्य तीव्र पारेको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


