पश्चिम चितवनको बुद्धनगर झाडीमा देखिएको बाघ नियन्त्रणमा

चितवन, ६ साउन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित बुद्धनगर क्षेत्रको झाडीमा देखिएको बाघलाई नियन्त्रणमा लिएको छ ।

झाडीमा बाघ देखिएको सूचना पाएपछि सुरक्षाकर्मी र प्राविधिक टोली सो क्षेत्रमा पुगेको थियो ।

शनिबार साँझ करिब ७ बजे बाघ देखिएको भन्ने सूचना स्थानीयवासीबाट प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रमुख निरीक्षक प्रहरी नायव निरीक्षक विनोद अधिकारीको नेतृत्वमा टोली सो स्थानमा पुगेको थियो। प्रहरीले तत्काल स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राखेको बाघलाई निगरानी गरेका थिए।

घटनास्थल प्रहरी चौकी दिव्यनगरबाट करिब ४ किलोमिटर दक्षिणतर्फ पर्छ। त्यस क्षेत्रको निगरानी गर्न सेना तथा डिभिजन वन कार्यालयको टोली पनि खटिएको थियो।

प्राविधिक टोलीले बाघलाई (डार्ट) निन्द्रा लगाउने औषधि प्रयोगगरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ। बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएपछि स्थानीयवासीले राहतको अनुभूति गरेका छन्।

अहिलेसम्म बाघका कारण जनधनको क्षतिको सूचना भने आएको छैन।–00–

Share:

सम्बन्धित समाचारहरु