काठमाडौं, ५ साउन । यहीभाद्र १८ गते एलिसन स्पोट्र्स प्रा.लि.को आयोजनामा काठमाडौंको पेप्सिकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियन सिप–२०८२’ आयोजनाहुने भएको छ ।
नेपाली महिलाहरुलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहनगर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जनाकोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने सचिव रुपेश श्रेष्ठले बताउनु भएको छ ।
सबै उमेर समूहको महिलाले सहभागिता जनाउन पाउन् भन्ने हेतुले १६ वर्षसम्मकाले जुनियर टिम र १६ वर्षभन्दामाथिकाले सिनियर टिममा सहभागिता जनाउनु पाउनेछन् । सिनियर टिममा सहभागिता जनाउन खुल्ला भएकाले राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीहरुले पनि खेल्न पाउने अध्यक्ष सगुन थापा मगरले बताउनु भयो ।
सिनियरतर्फको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथाउपविजेता टिमले नगद २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने बताइएको छ । उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही रु. २ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदानगरिनेछ । यसैगरी जुनियरतर्फको विजेता टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथाउपविजेता टिमले नगद १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्नुका साथै उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही रु. १ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदानगरिने मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरिसकिएकोले इच्छुक टिमले सिनियरतर्फ रु.५ हजार ५ सय रुपैयाँ र जुनियरतर्फ ३ हजार रुपैयाँदर्ता शुल्क बुझाइ, फर्म भरी परिचयपत्र भाद्र १५ गते आइतबार बेलुका ५ बजेसम्म बुझाएर टिम दर्ता गराउनुपर्ने बताइएको छ । यसैगरी सो समय पश्चात आएका फर्मलाई टाइसिटमा सहभागिता नगराउने आयोजकले बताउनु भएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँमहिला खेलाडीलाई खेलमा सहभागी गराउनका साथै राष्ट्रिय टिममा उपस्थितिका लागि यसले खुड्किलोको भूमिका खेल्ने आयोजकले बताएका छन् । पहिलो महिला फुटसल च्याम्पियन सिप २०८१ मासिनियर र जुनियर गरेर २० टिमको सहभागिता रहेको थियो भने यस पटक कम्तीमा ३२ टिमको सहभागिता गराउने लक्ष्यलिइएको आयोजक संस्थाकी उपाध्यक्ष एलिना मगरले जानकारी दिनुभयो । यस पटकको टुर्ना मेण्टको थिम सि विन्स अर्थात् उनी जित्छिन् भन्ने छ । यसैले फुटबल वा फुटसलमा चासो राख्ने महिलालाई खेलमा सहभागिहुन र सहयोग गर्न उपाध्यक्ष मगरले आह्वान गर्नुभएको छ ।
यस टुर्नामेण्टको अफिसियल मिडिया नेपालन्युज बैंक रहेको छ भने अफिसियल लाइभ मिडिया गोल नेपाल डटकम रहेको छ । कार्यक्रम लगायत सम्पूर्ण खेलहरु गोल नेपाल डटकमबाट प्रत्यक्षप्रशारण गरिनेछ जसले गर्दा देशविदेशमा जहाँ रहनुभएपनि कार्यक्रमको सम्पूर्ण प्रशारणा हेर्न सकिने सचिव थापाले बताउनु भयो ।—00—


