चितवन, १ साउन ।
चितवनको रत्ननगर नगरपालिका–७ निवासी २८ वर्षीय गोविन्द राउतमाथि नेपाली सेनाले मरणासन्न हुने गरी कुटपिट गरेका छन्। घाइते राउत नेचर गाइडसमेत हुन्।
स्थानीय महिलाहरूका अनुसार हात्ती प्रजनन केन्द्र नजिकको खोरसोरस्थित चौर नजिकै ड्युटीमा खटिएका तीन जना सैनिकहरूले राउतलाई एक्कासी कुटपिट गरेकाे घाइतेका आफन्तले आराेप लगाएका छन् ।
प्रत्यक्षदर्शी रामगीता राउतका अनुसार सेनाहरूले “गजेडी, ट्यापे” भन्दै लाठी, बुट र बन्दुकको कुन्दाले राउतमाथि आक्रमण गरेका थिए। कुटपिटका कारण गोविन्द राउतको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ र उनको शरीरबाट रगत बगिरहेको देखिएको थियो।
घाइते राउतलाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ। उनका दिदी कौशिला राउतका अनुसार गोविन्द बोल्न पनि नसक्ने अवस्थामा छन्। कौशिला राउत मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकको रूपमा कार्यरत छिन्।
घटनाको विषयमा चितवन राष्ट्रिय निकुञ्ज तथा सुरक्षापक्षले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
यधपी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर साैराहाका सहायक संरक्षण अधिकृत शन्तवहादुर मगरले घटनाबारे अपुष्ट जानकारी प्राप्त भएको बताउनुभयाे ।
नेचरगाइडका आफन्तले फाेन गरेर आफुलाई जानकारी गराए लगत्तै सम्बन्धित सेनाहरूसंग याे विषयमा आफुले बुझ्दा उक्त व्यक्तिसंग गुलेली भेटिएको र साे विषयमा सामान्य साेधपुछमात्रै गरेेर छाडेको भन्ने छ उहाँले भन्नुभयाे – याे विषयमा सम्बन्धित सेना र नेचरगाइडका आफन्तहरूसंग आमनेसामने छलफलगरिने बताउनुभयाे ।
नेचर गाइड भएपनि उ संग पर्यटक नभएकाले शकास्पद लागेर हामीले सामान्य साेधपुछ मात्रै गरेका हाैं सेनाले भनेकाे छ – खासमा के हाे सबैतिर बुझेर अगाडि बढ्नुुपर्छ उहाँले भन्नुभयाे ।
तर सेनाले गरेको रिपोर्टिङलाई घाइतेका आफन्तहरूले अस्वीकार गरेका छन् । गुलेली बाेकेकाे आराेप निराधार रहेकाे घाइते गाेविन्दका दिदी काैशीलाकाे दावी छ ।
रत्ननगर नगरपालिकाकाे वडा नं ७ का वडा अध्यक्ष सजना महताेले घटनाप्रति दुख व्यक्त गर्नुभयाे । चितवन राष्ट्रिय निकुञ्जकै मान्यता प्राप्त नेचरगाइडलाई सेनाले कुटेकाे खबरले दुखित बनाएकाे बताउनुभयाे।
कानुनी रूपमा कुटपिटगने अधिकार कसैलाई नभएकाे बताउँदै वडा अध्यक्ष चाैधरीले नेचरगाइडले गल्ती नै गरेको भएपनि कार्वाहीगर्ने प्रशस्त आधारहुँदाहुँदैपनि कुटपिटगर्न नहुने बताउनुभयो ।
घटनाबारे छलफलका लागि निकुञ्जले भाेली विहान १० बजे पूर्वी सेक्टर स्थित साैराहामा आफुलाई पनि बाेलाएकाे जानकारी दिनुभयो ।
–00–


