राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

काठमाडौं, ३० असार ।
सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मालाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थानको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको हो।

शर्माको नेतृत्वमा उक्त प्राधिकरणले मुलुकभरका सहकारी संस्थाहरूमा देखिएका समस्या नियमन गर्ने, अनुगमन गर्ने र आवश्यक नीतिगत हस्तक्षेपमार्फत सुधारको पहल गर्ने अपेक्षा गरिएको छ।

 

Share:

सम्बन्धित समाचारहरु