काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै, बजेट र नीति तर्जुमा समितिको बैठक पनि आजै

काठमाडौं, २७ असार ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज (शुक्रवार) दिउँसो २ बजे बस्ने भएको छ। लामो समयदेखि कार्यपालिका बैठक नबस्दा नगरको कामकाज प्रभावित भएको भन्दै गत जेठ १२ गते महानगरपालिकाका ४१ जना सदस्यले मेयर बालेन शाहलाई पत्र पठाउँदै बैठक बोलाउन आग्रह गरेका थिए।

महानगरका अनुसार आज बिहान ११ बजे स्रोत अनुमान तथा बजेट निर्धारण समिति र त्यसपछि बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक पनि बस्नेछ। पहिलो बैठक मेयर बालेन शाहको संयोजकत्वमा बस्नेछ भने दोस्रो बैठक उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा हुनेछ।

बैठकमा महानगरको आगामी नीति तथा कार्यक्रम र बजेटको तयारी गरिनेछ। कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्नेछ र नगरसभाको मिति पनि आजकै बैठकले तोक्ने बताइएको छ।

Share:

सम्बन्धित समाचारहरु