मुगु,१६ असार । मुगु जिल्लामा आज बिहान पुनः भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार असार १६ गते बिहान ८ बजेर ३९ मिनेट जाँदा कोटडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि आइतबार (असार १४) पनि मुगुमा भूकम्प गएको थियो। दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
लगातार भूकम्पका धक्का महसुस भइरहेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन।
भूकम्पपछि जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायहरूले सतर्कता अपनाउन जनतालाई आग्रह गरेका छन्।