असार १५ : राष्ट्रिय धान दिवस आज, मल अभावले किसान हैरान

चितवन १५ असार । आज असार १५, राष्ट्रिय धान दिवस। नेपाली समाजमा यो दिन दहीचिउरा खाएर मनाउने परम्परा छ। खेतीपातीमा व्यस्त किसानहरूका लागि दहीचिउरा शक्ति सञ्चयको प्रतीक मानिन्छ। कृषि बाहेक अन्य पेशामा लागेकाहरू पनि आजको दिनलाई विशेष मानेर दहीचिउरा खाई असार १५ मनाउँछन्।

विसं २०६१ मा मन्त्रिस्तरीय निर्णयपछि २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। कृषिप्रधान मुलुक नेपालमा अधिकांश जनता खेतीमा निर्भर छन्।

यस दिन किसानहरू असारे भाकामा लोकदोहोरी गाएर हिलोमा धान रोप्छन्। युवा-युवतीहरू हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्छन्। नेपाली समाजमा असारमा कम्तीमा एकपटक हिलोमा पस्नुपर्छ भन्ने मान्यता छ।

तर यसपालि असारको मध्यसम्म पनि देशभर पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ। धेरै ठाउँमा अझै पनि धान रोप्न बाँकी छ। उता, रासायनिक मल अभावले किसानहरू थप चिन्तित छन्।

यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने देशभर पर्याप्त मात्रामा रासायनिक मल मौज्दातमा रहेको दाबी गरेको छ।

 

 

 

Share:

सम्बन्धित समाचारहरु