कालिकामा गाईपालन तालिम सम्पन्न, ३२ जनाले लिए प्रशिक्षण

चितवन, ३१ जेठ ।”उद्यमशीलताले मानिसलाई स्वरोजगार मात्रै होइन, स्वावलम्बी पनि बनाउँछ” भन्ने उद्देश्यसहित कालिका नगरपालिकामा तीन दिने आधारभूत गाईपालन तालिम सम्पन्न भएको छ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका शाखाको आयोजनामा कालिका नगरपालिका–२, पदमपुरस्थित हजुरको पाटी प्यालेस को हलमा सम्पन्न उक्त तालिम जेठ २८ गतेदेखि सुरु भएको थियो।

कालिका शाखाका प्रवन्धक ऋषिराम तिमिल्सिनाका अनुसार, गाईपालन तालिम छिमेक लघुवित्तसँग आबद्ध सदस्यहरूको आयस्तर वृद्धि तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। तालिममा ३२ जनाको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले तालिम अत्यन्तै लाभदायक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार तालिमले व्यावसायिक गाईपालनका विभिन्न पक्षबारे जानकारी प्रदान गर्नुका साथै किसानले भोग्दै आएका धेरै समस्याको समाधान समेत गरेको छ।

सहभागीहरूले आगामी दिनमा निश्चित लक्ष्यका साथ व्यावसायिक गाईपालनमा लाग्ने प्रतिबद्धता जनाएका छन्। तालिमको समापन प्रदेश नं. ३ का प्रदेश प्रमुख श्रीकृष्ण जोशीले गर्नु भएको थियो।

Share:

सम्बन्धित समाचारहरु