वातावरण दिवसको अवसरमा भरतपुरमा वृक्षारोपण तथा सरसफाई

चितवन, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाले वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरेको छ।

भरतपुर–११ गोन्द्राङस्थित रामवेल सामुदायिक वनको परिसरमा वर र पिपलको विरुवा रोपेर कार्यक्रमको सुरुआत गरिएको हो। कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रूपमा विरुवा रोप्दै उद्घाटन गरेका थिए।

कार्यक्रम अन्तर्गत गोन्द्राङदेखि जिल्ला प्रशासन कार्यालय चोकसम्मको छ लेनको राजमार्ग क्षेत्रमा वृक्षारोपण र सरसफाईसमेत गरिएको महानगरले जनाएको छ। वातावरण संरक्षणमा नागरिक सहभागिता बढाउन र हरियाली महानगर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

Share:

सम्बन्धित समाचारहरु