भिटिज भिसा प्रकरणबारे गृहमन्त्री लेखकको प्रष्टिकरण: संसद् या पत्रकार सम्मेलनमार्फत जवाफ दिने तयारी

काठमाडौं, १४ जेठ। भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे गृहमन्त्री रमेश लेखकले छिट्टै प्रष्टिकरण दिने तयारी गरेका छन्। प्रतिनिधिसभा अवरोध मुक्त भए संसद्‌मै बोल्ने, नत्र पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने योजना गृहमन्त्रीले बनाएका छन्।

गृहमन्त्री लेखक निकट स्रोतका अनुसार, उनले प्रतिनिधिसभाको बैठकमा बोल्ने समय मागिसकेका छन्। तर विपक्षी दलहरूले उनको राजीनामाको माग गर्दै सदन अवरुद्ध गरिरहेका छन्। “सकेसम्म संसद् अवरोध हटाएर त्यही सम्बोधन गर्ने तयारी छ,” गृहमन्त्री निकट स्रोतले जानकारी दियो, “यदि अवरोध जारी रह्यो भने पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ।”

सत्ता गठबन्धनले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। बुधबार बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले उनीमाथि लागेको आरोपको जवाफ संसद्मै दिनुपर्ने निर्णय गरिसकेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु