मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, दुई घाइते

दमौली (तनहुँ),  ११ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा परेका घाइतेहरूको उपचार दमौली अस्पतालमा भइरहेको छ। जिपमा पाँच जना सवार थिए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु