सांसद मनीष झाले विपक्षीमाथिको राजनीतिक प्रतिशोध नरोके चुप लागेर नबस्ने चेतावनी दिए

काठमाडौं , २३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले विपक्षी राजनीतिक नेताहरूविरुद्धको ‘राजनीतिक प्रतिशोध’ नरोके चुप लागेर नबस्ने चेतावनी दिएका छन्। मंगलबार (वैशाख २३) प्रतिनिधि सभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्।

सांसद झाले पार्टी सभापति रवि लामिछाने र नेता रेशम चौधरीसँग गरिएको व्यवहार र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिने घटनालाई नियोजित राजनीतिक प्रतिशोधको शृंखला बताउँदै ती घटनामा पार्टीको ध्यानाकर्षण भएको र गम्भीरतासाथ हेरेको बताए।

उनले भने, “हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, र माधवकुमार नेपालज्यूको बयान लिइँदै छ भन्ने सुन्दै छौँ। अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ! हामी यसलाई राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेका छौँ।”

त्यसैगरी, उनले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएको बारेमा आपत्ति जनाए।–00–

Share:

सम्बन्धित समाचारहरु