भण्डारामा थारु महिलाहरुलाई लक्षित क्षमता अभिवृद्धि तथा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

चितवन (राप्ती), २० बैशाख – थारु कल्याणकारिणी सभा, चितवनको आयोजनामा पूर्वी चितवनको भण्डारामा एकदिने क्षमता अभिवृद्धि तथा आधारभूत कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम जिल्ला सभापति ललितकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा अंशमुद्धा, घरेलु हिंसा, यौन हिंसा लगायत कानुनी प्रक्रिया र ऐनले दिएको अधिकारसम्बन्धी विषयमा प्राध्यापक तथा अधिवक्ता शिवराम महतो र पवित्रा सुवेदीले सहजीकरण गर्नुभयो।

त्यस्तै, बोल्ने कलाको विकासबारे पत्रकार सन्तकुमार चौधरीले सहजीकरण गर्नुभएको थियो।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. ६, राप्तीको समन्वयमा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति राधा चौधरीले स्वागत मन्तव्य राख्नुभयो भने जिल्ला कोषाध्यक्ष सविता चौधरीले संस्थाको संरचना र यसको भूमिकामाथि प्रकाश पार्नुभयो।

कार्यक्रममा क्षेत्र नं. ६  का ५३ भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो।

–00–

Share:

सम्बन्धित समाचारहरु