वैशाख १९, काठमाडौं – काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने ट्रकहरू बञ्चरेडाँडा ल्यान्डफिल साइटमा रोकिएका छन्। नगर प्रहरीले बालाजुमा नुवाकोटका स्थानीयवासीलाई तरकारी बेच्दा धरपकड गरेको भन्दै उनीहरूले विरोधस्वरूप ट्रकहरू रोकेका हुन्।
“हाम्रो फोहोर बोक्ने सबै गाडी रोकिएको छ,” महानगरको वातावरण विभाग प्रमुख सरिता राईले भनिन्, “अहिले वार्ता गर्दैछौं। दैनिक २०० ट्रक फोहोर बञ्चरेडाँडा जान्छ।–00–


