मकवानपुरमा रुखले च्यापिएर एकजनाको मृत्यु

मकवानपुर, १६ वैशाख। मकवानपुरको वाग्मती गाउँपालिका–३, देउजोरमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति (वैशाख १५) च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

शव परीक्षणका निम्ति हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे उनले बताए।–00–

Share:

सम्बन्धित समाचारहरु