कालिकामा पाँच दिने योग शिविरहुने, नगरवासीहरूलाई सहभागि हुन आग्रह

कालिका, ३ वैशाख । पतञ्जली योग समितिको सहकार्यमा कालिका नगरपालिकाले पाँच दिने योग शिविर आयोजनागर्ने भएको छ।

नगरवासीको स्वास्थ्य तथा जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको शिविरमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सहकारी तथा टोल विकास संस्थाका प्रतिनिधि लगायत सर्वसाधारण सबैलाई सहभागी हुन आग्रह गरिएको छ।

शिविर वैशाख ५ गते शुक्रबारदेखि सुरू भई पाँच दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रम कालिका २ स्थित महिला सञ्जाल भवनमा बिहान ५ बजेदेखि सुरू हुनेछ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले सबै सरोकारवालाहरूलाई समयमै जानकारी गराई कार्यक्रमको सहभागिता सुनिश्चित गर्न अनुरोध गरेका छन्। उनले भने, “स्वस्थ समाजका लागि योग निकै प्रभावकारी माध्यम हो, नगरका सबै क्षेत्रका नागरिकले लाभ उठाउनुहोस्।”

–00–

Share:

सम्बन्धित समाचारहरु