चितवन(कालिका) २५ चैत्र । कालिका नगरपालिका वडा नं. ४ को आयोजनामा आजदेखि २० दिने वारिष्टा(कफी बनाउने ) तालिम सुरु भएको छ ।
कालिका नगर प्रमुख विनोद रेग्मीले आज विहान तालिमको उद्घाटनगर्नुभयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले सीप विकास नभए सम्म आर्थिक सम्बृद्धि हुन नसक्ने बताउनुभयो । नगरपालिकाले सीप मूलक तालिमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले तालिमवाट व्यवसायिक रुपमै कफी सप संचालनगर्न सकिने बताउनुभयो । सीप सिकेर स्थानीय क्षेत्रमै केही गरौं भन्ने युवाहरुलाई केही सिटमनीको समेत व्यवस्थापन नगरपालिकाले गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कार्यवाहक वडा अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा सचिव रक्षा पाण्डे भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भुमिका टेक्निकल सर्भिस प्रा.लिले सहजिकरणगर्ने तालिममा वडा भित्रका ३० भन्दाबढी युवाहरुको सहभागिता छ ।



–00–


