तिनकुने घटनाको मुल जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन्, त्यसको जिम्मा उनैले लिनुपर्छः प्रधानमन्त्री ओली

काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले तिनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई संवोधनगर्दै प्रधानमन्त्री ओलीले चैत्र १५ गते तिनकुनेमा राजावादी समर्थकहरूले गरेको हिंसात्मक घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले उक्त आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताए। उनले पूर्वराजा शाहले पनि उन्मुक्ति नपाउने दावी गरे।  आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन,पाउनु हुन्न । यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन रु मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक,धनजनको क्षति र लुटापाट( शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ –  उनले थपे ।–00–

Share:

सम्बन्धित समाचारहरु