विरोधकाबीच संसद् बैठक चलाउने तयारी

काठमाडौं, चैत १७-

प्रमुख प्रतिपक्षी दलहरूको विरोधकाबीच संसद् चलाउने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको छलफलपछि बैठक अवरोधकैबीच अघि बढाउने तयारी गरेका हुन् ।

 

संसद् सचिवालय स्रोतका अनुसार, आइतबार विपक्षीहरूको निरन्तर अवरोधपछि संसद् बैठक पटक पटक सरेको छ ।

 

बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर समय सार्दै आइरहेको छ ।

आजमात्रै संसद् सचिवालयले तीनवटा सूचना जारी गरिसकेको छ ।
गत १३ चैतबाट अवरुद्ध बैठक नचल्दा संसदलाई अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन सकस हुने देखिएको छ ।

यही समस्या टार्न पनि प्रधानमन्त्री ओलीले संसद्मा अघि बढ्न सभामुखलाई निर्देशन दिएका हुन् । प्रतिपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरिरहेका छन् ।–00–

 

Share:

सम्बन्धित समाचारहरु