राजावादीको आन्दोलनमा गोली चल्यो, दुईजना प्रदर्शनकारी घाइते

काठमाडौं ,१५ चैत ।  राजावादीहरुले गरेको आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

 

दुवैजनालाई घुँडामुनि गोली लागेको प्रहरी स्रोतले बतायो । एकजनालाई तीनकुनेमा र अर्कालाई कोटेश्वरमा गोली लागेको हो ।

उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल मीनभवन लगिएको छ । घाइतेको पहिचान खुलेको छैन । दुवैजना खतरामुक्त रहेको बताइएको छ । आन्दोलनकारी उग्र भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।–00—

Share:

सम्बन्धित समाचारहरु