चितवन,११ असोज । निरन्तरको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।
बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोको जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए ।–00–


