पहिरोले टहरो बगाउँदा जाँजरकोटमा एकै परिवारका तीनजना भूकम्प पीडितको मृत्यु

जाजरकोट, ३ भदौं । जाजरकोटमा भूकम्प पीडित बसेको अस्थायी टहरो पहिरोले पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिशा परियार र दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोतम पाण्डेले बताए ।

 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राति पहिरोमा पुरिएका उनीहरूको शव स्थानीय र प्रहरीले निकालेका थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु