क्लका क्रियाशील सदस्य करिमाका जन्मदिनको अवसरमा खाद्यन्न सामग्री सहयोग

पदमपुरमा रहेको दुई बेसहारा दिदीबहिनीलाई लायन्स क्लब अफ चितवन पर्साका साथ

कालिका, २१ साउन । लायन्स क्लब अफ चितवन पर्साका क्रियाशील सदस्य करिमा चौधरीको जन्मदिनको अवसरमा पदमपुर स्थित बेसहारा दिदीबहिनीलाई खाद्यन्न सामग्री सहयोग गरिएको छ।

क्लबले एक विशेष कार्यक्रम आयोजना गरेर कालिका वडा नं. ५ का दुई दिदीबहिनीलाई खाद्यन्न सामग्री सहयोग गरेको हो।

कार्यक्रममा बोल्दै 325 R, Nepal का डिस्ट्रीक चिफ लायन मधुर नेपालले मानविय सेवालाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्दै आएको बताउनुभयो। उहाँले हाम्रो सानातिना सहयोगले दिदीबहिनीहरूको दैनिकी जीवनयापनमा अझै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डिस्ट्रीक चिफ लायन नेपालले दिदीबहिनीलाई बाँचुञ्जेलसम्म खानपिनदेखि औषधी उपचारमा पनि सहयोग गर्नुपर्ने दायित्व आउन सक्छ भन्नुभयो। यदि त्यस्तो अवस्था आए भने त्यसमा पनि आफूहरू जोडिने उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा  325 R Nepal का कलस्टरचीफ लायन भीम नेपालले लायन्स क्लब अफ चितवन पर्साले गर्दै आएको कामको प्रशंसा गर्नुभयो। उहाँले प्रत्येक सदस्यको जन्मदिनको अवसरमा सामाजिक काम गर्नुलाई सकारात्मक विषयको रूपमा दर्शाउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका नेपालले क्लबको राम्रो कामको स्वागत गर्दै आगामी दिनमा पनि यस्तै खालको सामाजिक कामको अपेक्षा राख्नुभयो।

लायन देव फुयालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष धनवीर चौधरी लगायत, पत्रकार सन्तकुमार चौधरीले बोल्नुभएको थियो। लायन्स क्लब अफ चितवन पर्साका सह सचिव लायन नितीन बस्नेतले संचालन गर्नुभएको कार्यक्रममा क्लबका कोषाध्यक्ष एमजेएफ अमृत श्रेष्ठ, क्लबका सदस्य मिरा चौधरी, करिमा चौधरीको उपस्थिती थियो। क्लबका अध्यक्ष विपना ढकालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। सो क्रममा दिदीबहिनीलाई आवश्यक कपडादेखि नुन, तेल, चामल, विस्कुट, चिउरा, भुजा, दाल लगायतका खाद्यन्न सामग्री हस्तान्तरण गरिएको थियो। दिदीबहिनीलाई फलामको चुलो समेत सहयोग गरिएको छ।

पुरानो पदमपुरमा गाईभैसीको गोठाला भएर आफ्नो पेट पाल्दै आएका दिदीबहिनीहरू पदमपुर बस्ती स्थानान्तरणसँगै गाउँघरमा गाईभैसी पाल्न छाडेपछि मागेर गुजारा चलाउँदै आएका थिए। बाटोमै खाना पकाएर खाने छरछिमेकको घरतिर बाहिर यतिकै सुत्नुपर्ने बाध्यता थियो। पछि यिनीहरूको बहिनीले आफ्नै जग्गामा त्रिपाल टाँगेर बस्न दिए। दिनभर मागेर बेलुकी त्रिपालमुनी रात विताउने गरेको खबर पत्रकार सन्तकुमार चौधरीले  सार्वजनिक गरेपछि समाजसेवी मुरलीप्रसाद गजुरेलको नेतृत्वमा बहिनीले दिएको जग्गामा दिदीबहिनीका लागि सहयोग जुटाएर दुईकोठे जस्ताले छाएर पक्की घर बनाइएको छ। घर बनेसँगै दिदीबहिनी एकछाक खानका लागि गाउँमा माग्न जाननपर्ने गरी मुरलीप्रसाद गजुरेलले विभिन्न व्यक्तिहरूबाट आर्थिक स्रोत जुटाएर खाद्यन्नका सामग्री प्रदान गर्दै आउनुभएको छ।

अहिले मुरलीप्रसाद गजुरेल केही समयका लागि नेपाल बाहिर जानुभएकोले यी दिदीबहिनीहरूको भान्सामा अन्नपात सकिएको समयमा लायन्स क्लब अफ चितवन पर्साले एक कार्यक्रम आयोजना गरेर आफ्नो क्रियाशील सदस्य करिमा चौधरीको जन्मदिनको अवसरमा खाद्यन्न सामग्री वितरण गरेको हो।

—00—

Share:

सम्बन्धित समाचारहरु