चितवन ,२९ असार।त्रिशूली नदिमाबेपत्ता भएकाहरुको खोजिकार्यलाई प्रभावकारी बनाउन वेपत्ता यात्रुका आफन्तहरुले माग गरेका छन् । खोजि तथा उद्धार कार्य भइरहेको ठाउँ पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारीलाई वेपत्ता यात्रुका आफन्तहरुले सास कि लाश चाहियो भने ।
वेपत्ता भएको ३५ घण्टाभन्दाबढी भएपनि खोजि तथा उद्दार कार्यको नतिजा शून्य भएकाले खोजिकार्यलाई थप प्रभावकारी बनाउन माग गरे । कलैयावाट आफन्त खोज्न घटना स्थल आइपुग्नुभएका सम्सार मनसुरले खोजि कार्य सन्तोषजनक नभएको गुनासो गरे । एउटा बाँसको लट्ठीको भरमा वेपत्ता बस र यात्रुको खोजिकार्य हुन नसक्ने भन्दै उनले खोजिकार्यमा नयाँ शैली अपनाउन आग्रह गरे । उनीसँगै गैरवाट भाइहरु रामादास र नविनदासलाई खोज्न घटना स्थल पुगेका आफन्तहरुले यो शैलीवाट खोज्न नसकिने बताए ।

साउदी जानका लागि मेडिकल गरेर घर फर्कीने क्रममा दुर्घटना परेको बताए । घटना भएको खबरसुनेसँगै उनिहरु बस काउन्टरमा पुगेका थिए । बस काउन्टरमा उनका भाइहरु गाडी चढेको टिकटमा नाम देखेपछि खोज्नका लागि हिजोदेखि घटनास्थलमा छन् ।

यात प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खोजि कार्य जारी रहेको बताए । पहिरोले बस खसकै क्षेत्रमा बसहरु रहेको अनुमान गरिएकाले थप पृष्टीगर्ने प्रयास भइरहेको जानकारी दिए । पानीको वहाव उच्च भएकाले पुष्टीगर्न कठिन भइरहेको बताए । पानी भित्र प्रयोग गरिने सोनार क्यामेरा, वाटर ड्रोन, पाइपलाईन इन्सपेक्सन सिस्टमवाट सहित खोजी कार्य भएकाले साँझ सम्म केही न केही नजिता आउने बताए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं।१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित छन् । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
हिजो विहानैदेखि साँझ सम्म खोजि तथा उद्धार कार्य चलेपनि पानीको बहाव उच्च र धमिलोपनाका कारण पत्ता लागेन ।






बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगर पालिका-२९ सिमलताल असार २८ गते बिहान नारायणी नदिमा खसेको थियो ।
––00—


