कालिका, २५ असार । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मले पारित भएको छ ।
नगरपालिकाले समाजिक विकास सुशासनसँगै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षालाई जोडदिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो ।
दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङ्गले प्रस्तुतगर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो ।
संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड ८५ लाख, समपुरक अनुदान १ करोड ९० लाख र राजश्व बाँडफाँड १२ करोड ३४ लाख, वागमती प्रदेश सरकार तर्फ मानिकरण अनुदान १ करोड ४० लाख ३७ हजार, शसर्त अनुदान तर्फ २ करोड ४३ लाख १३ हजार , विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड, राजश्व वाँडफाँड ६ करोड १७ लाख ७१ हजार, आन्तरिक आयतर्फ ६ करोड, जनसहभागिताबाट १ करोड, सडकबोर्डबाट ६५ लाख, जि.स.सबाट ३५ लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यबाट ६ करोड र गतवर्षको जिम्मेवारीसर्ने ७ करोड ९१ लाख ५३ हजार समेत समावेश गरी जम्मा ९२ करोड ९७ लाख ७४ हजारको संशोधन सहितको अनुमानित आय विवरण समावेश गरी उपप्रमुख तमाङ्गले नगरसभामा पेशगर्नुभएको थियो ।
यस्तै नगरसभाले नगरपालिकामा कामगर्ने करार र ज्यालादारीका कर्मचारीहरुको करार अवधिलाई नविकरणगर्ने प्रस्ताव समेत पारित गरेको छ । सुशासन तथा क्षमता विकास समितिका संयोजक दीपकवहादुर भट्टराईले करार र ज्यालादारीमा कामगर्ने कर्मचारीहरुको सेवालाई नविकरणगर्ने प्रस्ताव पेशगर्नुभएको थियो । नगर प्रहरीको रासनभत्तादेखि कालिका नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका क्षेत्रमा कार्यरत्त कर्मचारीहरुको सेवा करार अवधि नविकरण गर्ने प्रस्ताव सर्वसहमतले पारित गरिएको हो ।
नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा आयोजना गरिएको नगर सभालाई समापनगर्दै नगर प्रमुख रेग्मीले आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार निर्माणदेखि सबैखाले योजनाहरु समयमै सुरुगर्ने परिपाटीको विकासगर्न सबैलाई निर्देशन दिनुभयो । बेलैमा योजना बनाएपनि ढिलागरी कामसुरुगर्ने परिपाटीले समयमानै निर्माण सम्पन्नगर्न कठिन भएको बताउनुभयो । बजेट पास भएको छ । बेलैमा बजेट अनुसारको योजना निर्माणको काम सुरुगर्ने प्रण गरौं उहाँले भन्नुभयो – भएको बजेट पूर्ण रुपमा कार्यान्वयगर्नेगरी कामगरौं ।
सभामा प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
—00—