आधारभूत विद्यालय न्यूरेनीमा अध्ययनरत्त विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

कालिका, १० असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कालिका नगरपालिकाको वडा नंं ८ स्थित आधारभूत विद्यालय न्यूरेनीमा अध्ययनरत्त विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

नगर प्रमुख विनोद रेग्मी, ,उप प्रमुख विमला तमाङ्ग, वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरको लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थितीमा शैक्षिक सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले समग्र नगरपालिकाको विकासका लागि विभिन्न संघ संस्थाहरुसँग सहकार्यगर्दै आएको बताउनुभयो । शैक्षिक क्षेत्रको विकासलाई नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेर कामगर्दै आएको उहाँले बताउनुभयो ।

पोखरा मुख्य कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले खोलेसिमल शाखा मार्फत विद्यालयमा अध्ययनरत्त विद्यार्थीलाई १ सय थान झोला, १ हजार थान कपी, १ सय प्योकट पेन्सील वितरण गरेको हो । देशका ५४ जिल्लामा १ सय २० वटा शाखावाट वित्तीयसेवा प्रदानगर्दै आएको संस्थाले वित्तीय सेवासँगै सामाजिक काम समेत गर्दै आएको विभागीय प्रमुख जयनारायण शर्माले बताउनुभयो । सामाजिक उत्तरदायी कोष अन्तर्गत सिन्धुली लगायत देशका विभिन्न जिल्लामा यस्ता खालका सामाजिक काम गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा अनुगमन अधिकृत विनोद खतिवडा, खोलेसिमल शाखा प्रमुख सविन आचार्य लगायतका कर्मचारीहरुको पनि उपस्थिती थियो । कार्यक्रम राष्ट्रिय आधारभूत विद्यालय न्यूरेनीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत ढुंगानाको अध्यक्षतामा आयोजना गरिएको हो ।

—00—

Share:

सम्बन्धित समाचारहरु