चितवन, २६ जेठ ।
किशोरी लक्षित प्रविधि तथा नेतृत्व विकासको लागि ५ दिने तालिम चितवनको सौराहा सम्पन्न भएको छ । रिड नेपाल काठमाण्डौको आयोजनामा भएको तालिम ट्याग (Tech Age Girls “TAG”) कार्यक्रमको संयोजक र सल्लाहाकारहरुको सहभागिता रहेको थियो ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाईले कार्यक्रम एकदमै प्रभाकारी भएको बताउनु भएको थियो । कार्यक्रममा विशेष अतिथि रहनु भएका रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महत्तोले यो कार्यक्रम किशोरीहरुलाई मात्रै नभै अब किशोरहरुको लागि पनि गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
समापन कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याल, दिव्यज्योती सामुदायिक पुस्कालयका अध्यक्ष सूर्य बहादुर बोगटी, टरौली सामुदायिक पुस्तकलयका अध्यक्ष सागर मिश्र लगायतको उपस्थिती रहेको थियो ।
तालिममा गोदावरी सामुदायिक पुस्कालय ललितपुर, टरौली सामुदायिक पुस्कालय चितवन, दिपशिखा सामुदायिक पुस्कालय कास्की, मोती सामुदायिक पुस्कालय पर्वत र जहदा सामुदायिक पुस्कालय नवलपरासी गरि ५ वटा जिल्लाबाट १५ जनाको सहभागिता रहेको थियो । सो तालिममा रिड नेपालका अजुर्न महर्जन, भाग्यश्री विष्ठ, दिक्षा अधिकारी र पवन रानामगरले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम रिड नेपालका सहायक निर्देशक चिनकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम एल.वि. भण्डारीले संचालन गर्नु भएको थियो ।


ट्याग कार्यक्रम रिड नेपालले सन् २०१८ बाट शुरुवात गरेको हो ।


