चितवन, १० जेठ । चितवनको बेलोध प्रगनाको धनौजीमा आजदेखि थारु गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरुभएको छ ।
प्रशिक्षणको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य एवम थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरीले प्रशिक्षण कार्यक्रमको उद्घाटनगर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रतिष्ठानका सदस्य चौधरीले आदिवासी जनजातिको परम्परागत ज्ञान सीपमा आधारित थारु गुरौंको विधि तथा जडिबुटी सम्बन्धी ज्ञानलाई पुस्तान्तरणगर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
परम्परागत सीपमा आधारित ज्ञानलाई व्यवसायीक रुपमा अगाडी बढाउन सकिने सम्भावना रहेकाले यसलाई संरक्षणगर्नुपर्नेमा जोड दिनुभयो । जडिबुटी सम्बन्धी ज्ञान थारु समुदायमा छ । यो लोपहुँदै गएकाले यसको संरक्षणगर्ने आवश्यकता हो कि होइन भन्ने विषयमा छलफलगर्न आवश्यक रहेका प्रतिष्ठानले यो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । खेतिपातीमा रोग नलागोस भनेर थारुहरुले परम्परागत रुपमा पुजागर्ने चलन छ । तर यसको विधि अहिले नयाँ पुस्ताले विर्सीन थालेकाले यसलाई पनि संरक्षण आवश्यक रहेको उहाँको भनाई छ ।
जडिबुटी र थारु समुदायकागुरौ विधिबाट प्रभावकारी उपचारहुने प्रचलनलाई उहाँले स्मरणगर्नुभयो । प्रतिष्ठानले आर्यआर्जनका लागि सीप मूलक कार्यक्रम आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो । यस्तै सांस्कृतिक जेर्गनामूलक कार्यक्रम, तथ्यांक संकलनसँगै जनजागरण कार्यक्रमहरु संचालनहुँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर वडा नं. २२ का वडा अध्यक्ष विष्णुराज महतोले जडिबुटीको महत्वलाई बुझाउन सके यो व्यवसायिक रुपमै अगाडी बढाउन सकिने बताउनुभयो । पर्यटनका कारण सामान्य रुपमा धानेको थारु समुदायको संस्कृति समेत लोपहुन लागेको अवस्थामा यस्ता खालका कार्यक्रम आयोजनाले थप उर्जादिने बताउनुभयो । थारु समुदायको कला संस्कृति संरक्षणमा आफ्नो वडाले थारुसँग्रहाल निर्माणको प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो । कलासंस्कृति झल्किनेगरी आर्ट ग्यालेरीको रुपमा झकिझकाउ बनाउने योजना रहेको सुनाउनुभयो । पुराना सबैखालका सामग्रीहरु संग्रहालयमा भेटिनेगरी व्यवस्थापन हुने योजना रहेको बताउनुभयो । संग्रहालयसँगै थारु समुदायको कला, संस्कृति रैथाने ज्ञान,सीपलाई व्यवसायिक रुपमा अगाडी बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रीय पार्षद विश्राम महतो, थारु कल्याणकारिणी सभाका पूर्व सभापति टिकेन्द्र चौधरी, क्षेत्र नं. ८ का क्षेत्रीय सभापति रामेश्वर महतो लगायतले बोल्नुभएको थियो । बेलाध प्रगन्नाका सभापति रामनारायण चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम जिल्ला सभापति ललितकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा चितवनका सबै क्षेत्रबाट ४० भन्दाबढी थारु समुदायका प्रतिनिधिहरु सहभागि छन् । तालिममा गुरौ विधि बारे जल्लुराम चौधरी, विश्राम महतोले प्रशिक्षण दिइरहनुभएको छ भने जडिबुटी सम्बन्धी रामदिन चौधरीले प्रशिक्षण दिइरहनुभएको छ । कार्यक्रम थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सचिव सन्तकुमार चौधरीले सहजिकरण गर्नुभएको थियो । तालिम चारदिन सम्म चल्नेछ ।







