कारी महतो-
चतवन, २९ बैशाख । थारू भाषाको लेखनशैलीलाई स्तरिकरणका लागि चितवन र नवलपुरकाथारू समुदायका प्रतिनिधिहरूको सहभागितामा आज थारू मानक भाषा लेखन शैलीकार्यशाला गोष्ठी सम्पन्न भयो ।उक्त कार्यक्रम थारू आयोगका सदस्य भोला रामचौधरीको प्रमुख आतिथ्यमा थारू कल्याणकारिणी सभा (थाकस)चितवनको सभाहल, भरतपुरमा सम्पन्नभएको हो ।
थारू भषा साहित्य केन्द्र नेपालका आयोजना, थारू कल्याणकारिणी सभा र थारू भाषा मानक मस्यौदा समितिको सहकार्य तथा थारू आयोगको सहयोगमा सम्पन्नभएको हो । गोष्ठीमा थारू भाषा मानक मस्यौदा समितिका सदस्य महेश कुमार चौधरीले एक कार्यपत्र प्रस्तुतगर्नु भयो । कार्यक्रममा थाकस नवलपुरका सभापति रामप्रसाद महतोले स्वागत मन्तव्य व्यक्तगर्नुका साथै थाकसका केन्द्रीय पूर्व महामन्त्री भुलाई चौधरीले कार्यक्रमको ओैचित्यबारे प्रष्टपार्नु भयो ।
कार्यक्रममा थाकसका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरी, केन्द्रीय पूर्व उपाध्यक्ष भजुमन राम महतो, बुद्धिजीवी डा. संजय महतो, डा. मनोज चौधरी, चन्द्रमणि महतो, थाकस नवलपुरका सभापति रामप्रसाद महतो, सचिव दुर्गेश चौधरी लगायतले मन्तव्य व्यक्तगर्नु भयो ।
थाकस चितवनका सचिव तथा थारू पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तकुमार चौधरीले गोष्ठीको सहजीकरण गर्नुभएको थियो । गोष्ठीका सहभागीहरूबाट चितोनिया र ललपुरिया थारू भाषाका मौलिक शब्दहरू समेत संकलन गरिएको थियो ।







–00–


