काठमाडौं । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामको सर्भर डाउन भएको छ । बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट एक्कासी लगआउट भएको हो ।
भारत, अमेरिका लगायत विश्वभर नै समग्र सिस्टम डाउन भएको सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्वभर नै यस्तो समस्या आएको संचार माध्यमहरुले जनाएका छन् । डाउन डिटेक्टरले फेसबुकमा १५ हजार र इन्स्टाग्राममा १८ हजार रिपोर्ट आएको उल्लेख गरेको छ ।
यस्तो समस्या किन आयो भन्ने बारे खुलिसकेको छैन ।–00–


