विद्यालयको होस्टेलमा छात्राले गरिन् आत्महत्या

रत्ननगर, १२ फागुन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं-१०  मा रहेको एक विद्यालयको होस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् ।

एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । घटना शनिबार बिहान १०ः३० बजे भएको हो ।

गोरखा घर भई रत्ननगर वडा नं १५ – माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङमा स्काउटको डोरीमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनी दुई वर्षअघि स्कुलमा भर्ना भएको उनी होस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुवाआमाको सम्बन्धविच्छेद भएपछि शालिन मामाघरमा बसेर पढ्न थालेको बुझिएको छ । हाल आमा वैदेशिक रोजगारीको लागि दुवई र बुवा काठमाडौँमा रहेका छन् । घटनाको कारण खुल्न सकेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु