महाविर पुनले पढाएका स्कुलका विद्यार्थीकाे विज्ञान प्रदर्शनीबाट अभिभावकहरू चकित

चितवन, ५ माघ । महाविर पुनले पढाएका पूर्वीचितवनका खैरहनी माध्यमिक विद्यालयका कक्षा ६ देखि ११ मा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न मेशिनका माेडेलहरूकाे प्रदर्शनी देखेर विद्यालयका वार्षिकाेत्सवमा आएका अभिभावकहरू चकित भएका छन् । विद्यालयकाे ६७ औं वार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा आयाेजित विज्ञान प्रदर्शनी अवलाेकन गर्न प्रदर्शनी स्टलमा अभिभावकहरूकाे उल्लेख्य भिड रहेकाे थियाे ।

 

विद्यार्थीहरूले खेर जाने सामग्रीहरू प्रयाेग गरी विभिन्न माेडेल तयार पारेर प्रदर्शनी गरेका थिए । कक्षा १० मा अध्ययनरत राेमन अछामीले कार्डबाेर्ड, माेटर, भ्वाइस सेन्सर, स्पिकर, खेलाैना कारकाे चक्का, ब्याट्री, स्वीच, चिप प्रयाेग गरी साउण्ड भेइकल तयार गरेका छन् । उनले याे साधन नछाेइकन मुखले बाेलेर निस्केकाे आवाजबाट चलाएर देखाएका थिए । त्यस्तै कक्षा १० मा अध्ययनरत अर्बिन महताेले कार्डबाेर्ड, माेटर, नट, सिरिन्ज, पाइप, साइकलकाे पुरानाे ट्युब टायर, तार, ब्याट्री, स्वीच आदि प्रयाेग गरी हेबिक्स बी नामक एक्साभेटर बनाएर प्रदर्शनीमा राखेका थिए ।

 

कक्षा ६ मा अध्ययनरत रबि शर्माले पनि एक्साभेटर प्रदर्शनी गरेका छन् । कक्षा ६ का विद्यार्थी सयुज सडाैलाले माटाे, ढुंगा, लेउ, पानी, सेम्पु, रङ र इनाे प्रयाेग गरि भाेल्कानिक इरप्सनकाे लाइभ माेडेल प्रदर्शमा राखेका थिए । त्यसैगरी कक्षा ११ मा अध्ययनरत विज्ञान समूहका इम्पिट्रेसन न्याैपाने, पूर्णिमा प्रजा, सुस्मा चाैधरी, अनिता परियार, रमेश प्रजाले विभिन्न सामग्रीकाे वर्किङ माेडल बनाई प्रदर्शनीमा राखेका थिए । न्युटनकाे चालकाे तेस्राे नियमकाे, अम्लिय वर्षाकाे वर्किङ माेडेल, फाेक्साेकाे वर्किङ माेडल, दिन र रात वर्किङ माेडल, वाटर रकेट, आर्टफिसियल कट सामग्री बनाएका थिए ।

त्यस्तै कक्षा ८ का सुशील रामले रेन डिटेक्टरकाे वर्किङ माेडल, कक्षा ९ का आदित्य शाहले ग्रीन हाउस, रकेटकाे डेमाे, कक्षा ९ का सब्बु खातुनले भाेल्कानाे इरप्सनका माेडेल, साेहि कक्षाका सुस्मिता यादव, निशा गिरी, आयुशा कुशवाहाले सेभ अर्थकाे माेडेल र न्युटनकाे थर्ड ल, नाै कक्षाकै  आकाश रानाले हावाबाट बत्ती बाल्ने माेडेल, त्यसै कक्षाका अंकित पाण्डेले कार्डबाेर्ड, चिप, माेटर, लाइट, स्वीच प्रयाेग गरी राेबाेट बनाएका प्रदर्शनीमा राखेका थिए । वार्षिकाेत्सवमा उपस्थित भएका अतिथिवर्गले मन्तव्यकाे क्रममा पूर्व शिक्षक महाविर पुनलाई आमन्त्रण गरी प्रदर्शनी गर्नुपर्ने बताएका छन् ।

हाल त्यस विद्यालयकाे कक्षा ११ मा सम्पूर्ण अर्याल, भेषनाथ सुवेदी, यज्ञ थपलिया, सुनिता शर्मा र कृपा पाण्डेले शिक्षण गरिरहनु भएका छन् भने मावि तहमा प्रधानाध्यापक गाेपाल प्रसाद शर्मा, दिनेश धड्कन, जीवन दराई साथै निमावि तहमा शिक्षक ज्ञम प्रसाद कँडेल र गाेकुल दुवाडीले शिक्षण गरिरहनु भएका छन् । आज भएकाे वार्षिकाेत्सव समाराेह कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलिया, नेपाली काँग्रेसका खैरहनी नगर उपसभापति प्रेम रेग्मी, एमालेका नगर इन्चार्ज भरत भण्डारी, माओेवादीका नगर अध्यक्ष रामेश्वर पाेखरेल, रास्वपाका प्रतिनिधि सुरेन्द्र तिवारी, भुवानीशंकर बहुमुखी क्याम्पसका प्रमुख दिपक प्रसाद गाैतम, विव्यस सदस्य मनकुमारी अधिकारी, विद्यार्थहरू डेनियल पाठक, प्रतिमा धमलाले मन्तव्य व्यक्त गर्नुभएका थिए ।

 

सहायक प्रधानाध्यापक नवराज ढकालले कार्यक्रम सञ्चालन र शिक्षक राधा पाेखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । साथै कक्षा सातका अंग्रेजी माध्यमा विद्यार्थीहरूले संस्कृतबाट स्वागत गीत गाएका थिए । कार्यक्रममा प्रधानाध्यापक गाेपाल प्रसाद शर्माले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने विभिन्न खेलकुदका पुरस्कार र छात्रवृत्ति प्रदान गरिएकाे थियाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेपाल परियारकाे सभाध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

Share:

सम्बन्धित समाचारहरु