नवलपुरमा एक पुरुषले गरे गर्भवती श्रीमतीको हत्या

चितवन, ७ माघ । नवलपुरमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका-६ बिरुखर्कमा ३३ वर्षीय शेरबहादुर लम्काले ३४ वर्षीया चनिसरा लम्का मगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहानको राति १ बजे घरमा सुतिरहेको बेला शेरबहादुरले पत्नीलाई कोदालो र खुर्पाले प्रहार गरी हत्या गरेका हुन् ।

 

३४ वर्षीया चनिसरा ८ महिनाकी गर्भवती भएको प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । शेरबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु