नेपाली चलचित्रमा चितोनिया थारुगीत समावेश, हाइमोर पैरी सार्वजनिक (भिडियो सहित)

चितवन, २४ पौष । नेपाली कथानक चलचित्र पसलेको हाइमोर पैरी बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामको यूटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । चितवनको थारु भाषामा तयार पारिएको यो गीतलाई चितवनकै गायक अमित सिंह चौधरी र सपना तामाङले स्वर दिएका हुन ।

जगत रेग्मी र यशोधा कोइरालाको अभिनय रहेको गीतलाई सुमोद भारद्धाजले नृत्य निर्देशन गरेका हुन । प्रल्हाद सिलवाले निर्माण गरिरहनुभएको यो गीतलाई सौरभ पोखरेलले छायांकन गरेका हुन । गीतलाई राजु अर्यालले निर्देशन गरेका हुन ।

राजु अर्यालको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्म पसलेमा यो गीत समावेश गरिएको छ । यो गीतको शब्द गायक स्वम् अमित सिंह चौधरी र सन्तोष सुरजमालीले लेखेका हुन । भिडियोमा जगत रेग्मी, रविना नेपाली, राजन महर्जन, रितु लामा, राजु अर्याल, सञ्जय गुप्ता, गंगा कुवँर, यशोधा कोइराला, आयुष क्षेत्री लगायतलाई चलचित्रमा देख्न सकिन्छ ।

 

लामो समयदेखि निर्माणको प्रकृयामा रहेको पसले चलचित्र हेर्न अब धेरै समय कुर्नुपर्दैन । निर्माणको अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ ।

 

Share:

सम्बन्धित समाचारहरु