कालिका, ६ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयको परिसरमा शुक्रवार (आज) आयोजना गरिएको जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिट्ल फ्लावर माध्यमिक विद्यालय भरतपुर प्रथम हुन सफल भएको छ ।
यस्तै नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर द्धितीय र पञ्चकन्या विद्यामन्दिर वोर्डिङ स्कुल रत्ननगर तृतीय हुन सफल भएको छ । यस्तै स्काइराइडर इङलीस बोडिङ स्कुल रत्ननगरले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागीताका लागि जिल्लाभरलाई सूचना पठाएपनि भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका गरी १० वटा विद्यालयले विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगीतामा भाग लिएका थिए ।
विद्यालय स्थापना भएको ५३ औं वर्षको अवसरमा कालिका ५, पदमपुर स्थित भीमोदय नमुना माध्यमिक विद्यालयले आयोजना गरेको स्वर्ण महोत्सवको अवसरमा जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगिता आयोजना आयोजना गरिएको प्रतियोगीताका संयोजक प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो ।