कालिका, २१ कात्तिक । विकासशिल टोल विकास संस्था र पुष्पाञ्जली टोल विकास संस्थाको संयुक्त आयोजनामा आजदेखि कालिकाको वडा नं. ५ मा ‘प्रथम मनु बोट टोल स्तरीय नकआउट फुटवल प्रतियोगीता सुरु भएको छ ।
प्रतियोगीताको कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले खेलकुदले युवाहरुलाई अनुसाशित बनाउँन मद्दत पुग्छ । अनुशासित र मर्यादित भएर खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो । सम्बृद्ध नगर बनाउन नगरक्षेत्रभित्रका टोलहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नगर प्रमुख रेग्मीले टोलमा रहेका युवाहरुलाई खेलकुदमा लागेर नगरपालिको शीर उच्च बनाउन आग्रहगर्नुभयो । लागुऔषध दुव्र्यसनी विरुद्ध एकजुट हुन समेत युवाहरुलाई आग्रह गर्नुभयो ।
अघिल्लो वर्ष आयोजना गरिएको फुटवल प्रतियोगीता खेलेर घर फर्किने क्रममा निधन भएका खेलाडी मनु बोटको स्मृतीमा आयोजना गरिएको टोल स्तरीय नकआउट फुटवल प्रतियोगीतामा १४ वटा टोलले भाग लिएका छन् । वडा नं. ५ मा रहेको १६ वटा टोल विकास संस्था मध्ये यो पटक १४ वटा टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुँदैछ ।
आज भएको पहिलो खेलमा ब्रहमबाबा टोल विजयी भएको छ । सम्पन्न टोललाई ७ – ० गोलले ब्रहमबाबा टोल विकास संस्था विजयी भएको हो । प्रतियोगीतामा प्रथमहुने टोललाई २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै द्धितीय हुने टोललाई १० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगीता २८ गते सम्म चल्नेछ । मुनेश्वर महतोको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष दीपक बहादुर भट्टराई, भीमवली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जयचन्द्र प्रसाद चौधरी, वडा सदस्य सिकेन्द्र चौधरी लगायतको उपस्थ्तिी थियो ।