कालिका नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दियो, खोलेसिमल पछि पदमपुर क्षेत्रमा टोली सक्रिय

कालिका, २४ असोज । कालिका नगरपालिकाले आजपनि बजार अनुगमन गरेको छ । चाडपर्वको अवसरमा नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको हो । म्याद नाघेका खाध्यसामग्री विक्रीवितरण भइरहेको गुनासोको आधारमा नगरपालिकाले हिजोदेखि मुख्य मुख्य बजार क्षेत्रमा अनुगमन गर्न थालेको हो ।

आज कालिका नगरपालिकाको पदमपुर क्षेत्रको बजारमा अनुगमन गरेको छ ।

राजश्व कार्यालय, खाध्यगुण नियन्त्रक विभागका प्रतिनिधिहरु सहित नगरपालिकाले बजार अनुगन गरिरहेको हो । बजार क्षेत्रका, होटल, रेष्टुरेन्ट, किराना पसलहरुमा मापदण्ड पुरा भए नभएको निरीक्षणगर्दै हिडेका छन् । यस्तै अन्य फेन्सीसपल,सुनचाँदी पसल लगायत अन्य सेवा मुलक क्षेत्रमा पनि नगरपालिकाले अनुगमन गरेको छ । पदमपुर क्षेत्रका बजारहरुमा भइरहेको व्यापार व्यवसाय दर्ता भए नभएको विषयलाई पनि अनुगनम टोलीले प्राथमिकता दिएर अनुगमन गरिरहेका छन् ।

पदमपुर क्षेत्रका अधिकाङस व्यवसायहरु दर्ता भएपनि धेरैजसोले नियमित नविकरण नभएको भेटिएको छ । दर्ता नभएकालाई तत्काल दर्तागर्न भनेका छन भने दर्ता नविकरण नभएकालाई नविकरणगर्न २ दिनदेखि ७ दिन सम्मको समय अवधि तोकेर छाडेका छन् । यो पटक व्यवसायीहरुलाई मापदण्डमा ल्याउने उद्देश्यले अनुगमन भइरहेको अनुगमन समितिका संयोजक कालिका नगरपालिका उपप्रमुख विमला तमाङले जानकारी दिनुभयो । व्यापार व्यवसाय गर्दा दर्ता गरेर बैधानिक रुपमा संचालन गर्न सुझाव दिँदै हिडेका छौं, सुझावलाई अटेर गरेमा अर्को पटक कार्वाहीमै ल्याउने उहाँले बताउनुभयो ।

हिजो खोलेसिमल बजार क्षेत्रमा अनुगमन गरेका थिए । नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

तस्विरहरुः खोलेसिमल बजार क्षेत्रमा अनुगमनगर्दाको तस्विर ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु