भीमोदयले स्वर्ण महोत्सव मनाउने, दुई हजार एक सदस्यीय आयोजक समिति गठन

चितवन, १३ असोज । भीमोदय नमुना माध्यमिक विद्यालयले आगामी पौष १३ गते स्वर्ण महोत्सव मनाउने भएको छ । चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको विद्यालयले आफ्नो स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रमको गरी स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।

स्वर्ण महोत्सवलाई सफल बनाउन शनिवार आयोजना गरिएको सर्वपक्षीय भेलाले मूल आयोजक समिति गठन गरेको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठको संयोजकत्वमा दुई हजार एक सदस्यीय आयोजक समिति गठन गरेको हो।

भेलाले सचिवालय गठनको जिम्मा विद्यालय व्यवस्थापन समितिलाई नै प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, राजनैतिक दल, पूर्व विद्यार्थी लगायतको सर्वपक्षीय सहभागितामा गठन हुने सचिवालयले आवश्यकता अनुसारको उपसमिति गठन गर्दै जाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो ।

वि.स. २०२७ सालमा स्थापित विद्यालयले २०७७ सालमै ५० औं पूरा गरेतापनि विश्वव्यापी कोरोना महामारीका कारणबाट स्वर्ण महोत्सव मनाउन सकिएको थिएन । महोत्सवमा विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्णको योगदानलाई स्मरण गर्दै, विद्यालयको ऐतिहासिक घट्नाक्रमसमेतलाई समेटेर स्वर्ण स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ स्थापना गर्ने, विभिन्न रचनात्मक र सिर्जनशील कार्यक्रमहरु आयोजना गरिने विद्यालयका प्राचार्य ईन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।

तत्कालिन बछौली गाविसको दक्षिण तर्फ राप्तीपारी पदमपुर गाउँमा स्थापित यस विद्यालय वि.स २०५९ सालमा पदमपुर गाउँ नै स्थानान्तरण भएपश्चात कालिका ५ मा संचालित छ। विद्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म झन्डै १ हजार ५०० विद्यार्थी कृषि प्राविधिक लगायत विज्ञान, व्यवस्थापन तथा शिक्षा समुहमा अध्ययनरत छन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु