चितवन, ७ असोज । थारु कल्याणकारिणी सभा, चितवनको जिल्ला सभापतिमा दोश्रो कार्यकालिका लागि पुनः ललितकुमार चौधरी निर्वाचित भएका छन् ।
आइतवार विहानपख सम्पन्न भएको १३ औं जिल्ला अधिवेशनमा प्रतिद्धन्दी झलक महतो (बिर्जा) र साजन कुमार महतोलाई उछिन्दै चौधरीपुनः जिल्ला सभापति पदमा निर्वाचित भएका हुन । कुल १०६ मत खसेकोमा चौधरीले ४८ मत प्राप्त गरे ।
यस्तै उप सभापतिमा पूर्ण चौधरी र भुवन चौधरी निर्वाचित भएका छन् । यस्तै महिला उप सभापतिमा कल्पना पावे सर्वसहमत निर्वाचित भएकी छन् ।
यस्तै सचिव पदमा सन्तकुमार चौधरी सर्वसहमत निर्वाचित भए । यस्तै सह सचिवमा खिलाराज चौधरी निर्वाचित भएका छन् । यस्तै जिल्ला सदस्यहरुमा ८ जना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै महिला केन्द्रीय पार्षदमा चन्द्रकुमारी चौधरी, धञ्जु महतो र सुनिता महतो निर्वाचित भएका छन् । महिला केन्द्रीय पार्षदपदमा चारजना महिलाहरुले उम्मेदवारी दिएका थिए । यस्तै अन्य केन्द्रीय पार्षदमा बासुदेव महतो, विश्राम महतो, अर्जुनप्रसाद चौधरी र डाक्टर मनोज महतो निर्वाचित भएका छन् । महिला बाहेक केन्द्रीय पार्षदका लागि ९ जनाले उम्मेवारी दिएका थिए ।
कस्ले कति मत प्राप्तगरे ?
कुल मतदाता ११७
खसेको मत १०६
सभापति पदमा
ललितकुमार चौधरी – ४८
झलक महतो (बिर्जा) – १९
साजनकुमार महतो –१९
उप–सभापति
पूर्ण महतो – ४१
भुवन महतो–३८
मुकुन्द चौधरी – ३३
विजय चौधरी – २७
महिला उप–सभापति
कल्पना पावे ( सर्वसहमत)
सचिव
सन्तकुमार चौधरी ( सर्वसहमत)
कोषाध्यक्ष
बेदकुमार महतो – २४
सविता चौधरी – ६०
उप सचिवमा
खिलाराज महतो –५७
अर्जुन मर्दनिया –२६
सदस्यहरुमा
सन्तकुमार चौधरी
सन्ती महतो
सुनकेसीया पावे
रामचन्द्र चौधरी
बलिराम महतो
पुरेन्द्रकुमार चौधरी
रामपति गुरौं
मञ्जुकुमारी महतो
६ जना पछि मनोनित हुने
महिला केन्द्रीय पार्षदमा
चन्द्रकुमारी चौधरी –५५
सुनिताकुमारी चौधरी – ५२
धञ्ज महतो –५६
लक्ष्मी कुमारी चौधरी – ५२
(सुनिता र लक्ष्मीको बराबर मतप्राप्त, लक्ष्मीकुमारीले सुनितालाई समर्थन)
अन्य केन्द्रीय पार्षदमा
बासुदेव महतो –५३
विश्राम महतो –५२
अर्जुन प्रसाद चौधरी –४६
जोखा प्रसाद चौधरी – ३२
हेमराज महतो – ३५
डा. मनोज चौधरी –५०
जोगेन्द्र महतो –३७
कृष्णप्रसाद महतो –३२
जंगीलाल चौधरी –२६






–00—


