चितवन, ५ असोज । थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन आजदेखि भरतपुरमा सुरु हुँदैछ । भरतपुर स्थ्ति रोज पार्टी प्यालेसमा आयोजनाहुने जिल्ला अधिवेशनमा जिल्ला भर रहेको १० वटा क्षेत्रवाट निर्वाचित २ सयबढी प्रतिनिधि, पर्यवेक्षकहरु सहभागीहुँदैछन् ।
अधिवेशनले ११ देखि २१ सदस्यीय नयाँ नेतृत्व सहित कार्य समिति चयनगर्ने छ । दुई सम्म चल्ने अधिवेशनको आज उद्घाटन सत्रमा सांसददेखि पत्रकार, चिकित्सक, कानुनीव्यवसायीसँगै शिक्षा क्षेत्रमा प्रमुख पदमा रहेर योगदान पुयाउनुहुनेलाई सम्मानगर्ने कार्यक्रम छ ।
थारु समुदायको छाता संस्थाको रुपमा २००५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा थारु समुदायको हक, अधिकारको विषयमा कामगर्दै आएको छ ।
चितवनमा पनि थारु कल्याणकारिणी सभा क्रियाशील छ । चितवनमा १० वटा क्षेत्र बनाई थारु कल्याणकारिणी सभा आफ्नो उद्देश्य अनुसार कामगर्दै आएको छ । अहिले भरतपुरमा थारु समुदायको आफ्नै छात्रवास सञ्चालनगर्दै आएको छ । यस्तै राप्ती नगरपालिका ( क्षेत्र नं.६ ) बाहेक सबै क्षेत्रहरुमा थारु कल्याणकारिणी सभाको क्षेत्रीय संरचना(भवन)हरु तयार छन् । कतिपय संचालनमा आइसकेको छ भने केहीमा निर्माणको अन्तिम चरणमा रहेको जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो ।
थारुहरुको हक, अधिकार, भाषा, चाडपर्व रितिरिवाज एवम कला संस्कृति संरक्षणमा थारु कल्याणकारिणी सभाले विशेष ख्यालगर्दै आएको छ । यो संस्था पूर्ण लोकतान्त्रि विधि अनुसार संचालनमा छ । यसै अन्तर्गत थाकस चितवनको १३ औं जिल्ला अधिवेशन भरतपुरमा हुन लागेको हो ।–00–


