कालिका, २२ भदौं । कालिका नगरपालिकाले महिलाहरुको क्षमता विकास तथा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उद्घाटनगर्दै नगर प्रमुख विनोद रेग्मीले सभ्य र मर्यादित तरिकाले तीजपर्व मनाउन नगरबासीलाई आग्रह गर्नुभयो । तड्क भड्कले समाजमा नकारात्मक असरपर्ने भन्दै नगर प्रमुख रेग्मीले सम्भशैलीमा तीजपर्व मनाउन सुझाव दिनुभयो ।
तीज मनाउने होडबाजीले समाजलाई खर्चिलोबाटो तर्फ डो¥याउनेहुँदा यस्ता गतिविधिमा अत्यन्तै ख्यालगर्न आग्रहगर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले आफ्ना परम्परागत चाडपर्वलाई सम्भढंगवाट प्रस्तुत गरेर कालान्तर सम्भ जोगाउन सबैको दायित्व रहेकाले त्यसतर्फ ध्यानदिनुपर्ने बताउनुभयो । महिला संजालको सभाहलमा शुक्रवार आयोजना गरिएको कार्यक्रममा महिला हक अधिकार सम्बन्धित कानुनी व्यवस्थाको बारे अधिवक्ता सुनिता अधिकारीले जानकारी गराएका थिए । महिला अधिकार के हो ? नेपालको संविधानमा महिलाको हक, अधिकार सम्बन्धमा गरिएको व्यवस्था बारे अधिवक्ता अधिकारीले जानकारी दिएका थिए ।
नगर उपप्रमुख विमला तमाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष समेत रहनुभएका सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठले मौलिकता झल्किने गीत गायर माहोल तताउनुभयो । चल्दा चल्दै चौधपनि नलाग्दै………तेह्रवर्ष चल्दा चल्दै चौधपनि नलाग्दै… बोलको गीत गाउँदा सहभागीहरुले सँगै गाएर साथ दिए । उहाँले आर्थिक वर्ष ७९ /८० मा नगरपालिकाले गरेका कामलाई गीत मार्फत प्रस्तुत गर्नुभएको थियो ।
यस्तै पोखरावाट आउनुभएकी चितवनकी चेली शुभ शर्मालेपनि एकछिन माहोल तीजमय बनाउनुभयो । भाषण सुन्दा सुन्दै शर्माले माइक समाएर गाउन थालेपछि उनैसँग सहाभागीहरु हो मा हैसें मिलाउन थाले । मलाई सम्झि नरोउँ आमा….. तीजको लहर आयो बरीलै….बोलको गीत गाउँदा सहभागीहरुले तालि बजाएर साथ दिएका थिए । आफन्तकै षडयन्त्र छन, आत्मियले गर्छ छल समाचारले जिरिङ जिरिङ पार्छ आजकल……. बोलको गीत गाउँदा मञ्चमै दिदीबहिनीहरु नाच्न पुगेका थिए ।
कार्यक्रममा नगरक्षेत्रका विभिन्न चारवटा सहकारी र एउटा नगर समन्वय समितिको गरी पाँचवटा टिमले समुहगत प्रस्तुती देखाए । समुहगत रुपमा पराम्परागतशैलीमा गीत गाए । नगरक्षेत्रमा ११ वटा सहकारी छन् । ति मध्ये कमलादेवी नारी चेतना बचत तथा ऋण सहकारी संस्था, चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था, प्रजज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्था, लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था र एकल महिला नगर समन्वय समितिले आ–आफ्नो प्रस्तुती देखाए ।
कार्यपालिका सदस्य एवम तीज विशेष कार्यक्रम व्यवस्थापन उप समिति संयोजक शान्ति महतोले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेकपा नेकपा एमाले महिला प्रतिनिधि सरस्वती सापकोटा, नेकपा माओवादी प्रतिनिधि सविता लामा, राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)प्रतिनिधि मिरा घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तीज विशेष कार्यक्रममा स्थानीय महिला उद्यमीहरुले उत्पादन गरेका चप्पल, झोला, माला लगायतका सामग्रीको प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रममा कालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषिप्रसाद कडुवाल, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान लगायतको उपस्थिती थियो ।
(((००))