नतिजा मुलक कामगर्न मन्त्रीहरूलाई प्रधानमन्त्री दाहालको निर्देशन

चितवन, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूकाे नतिजामूलक कार्य सम्पादन हुनुपर्नेमा जाेड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भरतपु वडा नं २२ पटिहानीमा आज विहान आयाेजना गरिएको कार्यक्रममा बाेल्दै प्रधानमन्त्री दाहालले नमुना काम गरेर देखाउन समेत मन्त्रीहरूलाई आग्रह गर्नुभयाे ।

प्रधानमन्त्री दाहालले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको जानकारी दिए।

अहिलेको सरकार सुशासन, न्याय र सम्वृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको बताए ।

उनले बुढिगण्डकी लगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए ।

विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहाने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाईं छ ।

शुक्रवार दिउँसो चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर १४ स्थित आफैं घरमा बसेका छन् । उनी शनिबार चितवन नै रहने पारिवारिक स्रोतले जनाएको छ ।–00–

फाईल फाेटाे

Share:

सम्बन्धित समाचारहरु