नारायणी पुलबाट हामफालेर एक महिला बेपत्ता

चितवन, १० साउन । नारायणी नदिमा एक महिला बेपत्ता भएकी छन् । उनले बुधबार विहान साढे ६ बजे नारायणी पुलबाट हामफालेकी हुन् । उनले पुलमा आफ्नो झोला राखेर हाम फालेकी थिइन । झोलामा रहेको कागजातका अनुसार उनको नाम सरस्वती उपरकोटी रहेको प्रहरीले जनाएको छ ।

उनको घर गोर्खा रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ । हाल उनी भरतपुर प्रेमबस्तीमा बस्दै आएको प्रहरीको भनाइ छ । उनको खोजीकार्य जारी रहेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु