रोटरी क्लब अफ नारायणी मिड टाउनको योजना सम्बन्धी कार्यशाला गोष्ठी

भरतपुर, ४ साउन । रोटरी क्लब अफ नारायणी मिड टाउनको आयोजनामा एकदिने रणनीतिक योजना सम्बन्धी कार्यशाला गोष्ठी चितवनको भरतपुरमा आयोजना गरिएको छ ।

क्लबको राणनीतिक योजना तयार बनाउन आवश्यक सुझाव संकलनका लागि गोष्ठी आयोजना गरिएको हो । क्लबका अध्यक्ष अर्पणा प्रधानको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा सहायक गर्भनर जोन ३७, सुरेन्द्र नाथ रेग्मी प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ भरतपुर, रोटर िक्लब अफ पूर्वी चितवन, रोटरी क्लब अफ गैडाकोट, रोटरी क्लब अफ कावासोती तथा इन्टेरेक्ट क्बल अफ लिटिल फलावरका ३३ जना सदस्यहरु सभागी थिए । कार्यक्रमका सहभागीहरुले क्लबको रणनीतिक योजना निर्माणका लागि यस्ता खालका छलफलले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रम क्लबका पूर्व अध्यक्ष अशेष भण्डारीले संचालन गर्नुभएको थियो ।

–00–

Share:

सम्बन्धित समाचारहरु