चितवन,१० असार । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा यम बहादुर थापा मगर सर्वसहमत चयन भएका छन् ।
हिजो शनिबार नेपाल मगर संघ जिल्ला समिती को आफ्नै भवनमा सम्पन्न ५ औँ अधिवेशनबाट थापामगरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीमा चयन गरिएको हो।
संघको उपाध्यक्षमा रिसिराम रानामगर,सचिवमा रमेश थापामगर, कोषाध्यक्षमा शेर बहादुर मगर र सह–सचिवमा श्री बहादुर थापामगर चयन भएका छन्।
सदस्यहरूमा मान बहादुर रजालिमगर,चिज बहादुर मगर,बम बहादुर सारुमगर,मिन बहादुर थापामगर,मिना चुमीमगर,उजिर बहादुर मगर,टेक बहादुर मगर,धन बहादुर मगर,प्रेम बहादुर थापामगर,दल बहादुर थापामगर,टेक बहादुर आलेमगर र नर बहादुर रानामगर लाई चयन गरिएको हो।–00–

