गोखरामा जन्तीबस दुर्घटनामा ५ जनाको निधन,लखनथापा गाउँपालिकामा आज शोक बिदा

गोरखा, ८ असार । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको डीएसपी लामिछानेले बताए । उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अरू घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका–३, चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५, ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो । घटनालगत्तै डीएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । जीप सडकबाट झन्डै २०० मिटर तल खसेको बताइएको छ ।

गोरखामा गएराति भएको जिप दुर्घटनामा पाँचजनाको निधन भएपछि सहिद लखन गाउँपालिकाले शुक्रवार शोक विदा गरेको छ ।

गाउँपालिकाको उप प्रमुख इन्दिरा तिवारीले गाउँपालिकाको कार्यालय र यस अन्तर्गत सबै कार्यालय एवम शिक्षण संस्थाहरुमा शोक विदा दिने निर्णय भएको जानकारी दिइन । घटनाले सिंगो गाउँपालिकानै स्तब्ध भएकाले एकदिन विदाको घोषणा गरिएको उपप्रमुख तिवारीले बताईन –00–

Share:

सम्बन्धित समाचारहरु