अर्थमन्त्रीले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती काम गरेको व्यवसायीको गुनासो

नेपालमा आलु र प्याजको कारोबार गर्ने व्यवसायीहरुले अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएर आत्मघाती कदम चालेको आरोप लगाएका छन् ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको जनाएको हो ।बजेटले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले भने, ‘आयातको विवरणको अंक मात्रै हेरेर विना अध्ययन गरिएको भ्याटको व्यवस्था अर्थमन्त्रीको आत्मघाती निर्णय हो ।

यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने, उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।’

अध्यक्ष बानियाँले ‘सरकारको नीतिपछि व्यवसाय बचाउन हामी हारगुहार गरिरहेका छौं । आलु प्याज आयात गर्न र भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न सकेका छैनौं ।आलु प्याज व्यवसायमा परम्परागत रुपमा व्यक्तिगत लेखा नम्बरमा आधारित भएर कारोबार गरिरहेकामा एकाएक आएको भ्याटको प्रावधानले आयातमा समस्या सृजना भएको बानियाँको भनाइ छ ।

आलु र प्याज जस्तो हरेक पटकको खरिदमा १५ प्रतिशत नास हुने वस्तुमा अध्ययन विनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । ‘ उपभोक्ताबाट सरकारलाई भ्याट उठाउन समेत नसक्ने अवस्था हामीले बताए पछि उहाँहरुले बुझ्नु पर्दैन समस्या कहाँ छ अध्ययन गर्नु पर्दैन अध्यक्ष बानियाँले आलु र प्याजमा भ्याट लगाउने निर्णयबाट निसर्त पछाडि फर्कन अर्थमन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका महासचिव प्रकाश गजुरेलले सरकारले दैनिक उपभोग्य वस्तु आलु प्याजमा अनावश्यक बखेडा झिकेर बजार बिगारेको आरोप लगाए ।

नियमित र व्यवस्थित कारोबार गरिरहेका व्यवसायीलाई हतोत्साहित बनाएर अनौपचारिक कारोबारलाई राज्यले प्रोत्साहन गरेको उनको आरोप छ । ‘हामी सयौंको संख्यामा रहेका स्थायी व्यवसायीलाई पेलेर आलु प्याज आयात गर्न नसक्ने अवस्थामा पुर्याइयो, हामीले व्यापारमा क्षति देखेपछि आयात गर्न नसकेकै हो,’
गजुरेलले भने, ‘अहिले बजारमा मूल्य कहाँबाट कहाँ पुग्यो, उपभोक्ता मारमा परे यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

अहिले बजारमा भएको अराजकताको जिम्मा सरकारले लिनुपर्छ ।’

संघका उपाध्यक्ष दीपेन्द्र श्रेष्ठले दिन प्रतिदिन आलु प्याजको बजार बिग्रिरहेको भन्दै थप संकट रोक्न सरकारसँग माग गरे ।

Share:

सम्बन्धित समाचारहरु