महोत्तरीको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट

महोत्तरीको एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट

महोत्तरी, १६ जेठ । महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका- २, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।

 

उनले लुटिएको रकममा २र३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु