चितवन, १५ जेठ । थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन यहि जेठ २७ गतेदेखि भरतपुरमा हुने भएको छ । सभाको सोमवार भरतपुरमा बसेको जिल्ला भेलाले जेठ २७ गतेदेखि २९ गते सम्म भरतपुरमा अधिवेशन गर्ने निर्णय गरेको हो । यस अघि चितवनका विभिन्न क्षेत्रको आतिथ्यतामा अधिवेशन गर्दै आएको थियो ।
यस्तै भेलाले अधिवेशन सफल बनाउन ५१ सदस्य रहनेगरी मूल आयोजक कमिटी गठनगर्ने निर्णय गरेको छ । यस्तै अधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षक व्यवस्थापन उप समिति समेत गठनगर्ने निर्णय गरेको छ ।
भरतपुरको कुन ठाउँमा कार्यक्रमगर्ने विषयमा भने छलफल भइरहेको जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिए । सभाले अधिवेशनका लागि झण्डै १३ लाखबढी खर्च लाग्ने अनुमानित बजेट भेलामा पेश गरेको छ । अधिवेशनमा २ सय ५० जना प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी हुनेछन् ।
यस अघि गाउँ इकाई कमिटीसँगै २ वटा बाहेक सबै क्षेत्रमा अधिवेशन सकिसेको छ । चितवनमा दशवटा क्षेत्र छन् ।–00—


